रोचले अमेरिकी कम्पनी जेनमार्क डाइग्नोस्टिक १८० करोड डलरमा खरीद गर्ने

0
Shares

स्वीट्जरल्यान्डको औषधि निर्माता कम्पनी रोचले अमेरिकी जेनमार्क डाइग्नोस्टिक कम्पनी करिब १ अर्ब ८० करोड डलरमा खरीद गर्न लागेको सोमबार जनाएको छ।

क्यालिफोर्नियामा मुख्यालय रहेको जेनमार्कले खासगरी मोलिकुलर परीक्षण गर्ने गर्दछ । कम्पनी खरीद गरेपश्चात रोचले एउटा नमुनाबाटै धेरै किसिमका परीक्षणहरु गर्न सक्नेछ ।

रोचले सार्वजनिक गरेको विज्ञप्ति अनुसार जेनमार्कको प्रतिशेयर २४.०५ डलर मूल्य तोकिएको छ । रोचले जेनमार्क डाइग्नोस्टिकको खरीदपछि कम्पनीको मोलिकुलर परीक्षणका क्षेत्रमा नयाँ आयाम थपिने जनाएको छ ।

नियामक निकायबाट स्वीकृत भएमा खरदि प्रक्रिया चालु वर्षको दोस्रो त्रैमासिकमा सम्पन्न हुनेछ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २ चैत २०७७, सोमबार  १४ : १९ बजे