ग्लोबल आइएमई बैंकको एटीएम फुटाउने भारतीय नागरिक पक्राउ

0
Shares

नेपाल प्रहरीले ग्लोबल आइएमई बैंकको कान्तिपथमा रहेको एटीएम मेसिन फुटाएको अभियोगमा भारत गोरखपुर घर भएका २२ वर्षीय दिलसाद आलमलाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–२६ कान्तिपथ स्थीत ग्लोबल आइएमई बैंकको एटीएम फुटाउदै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले आलमलाई पक्राउ गरेको हो ।

आलमले शुक्रबार बिहान साढे २ बजेको समयमा उक्त मेसिन फुटाउँदै गरेको अवस्थामा पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त दरबारमार्गले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।