लाइफ इन्स्योरेन्सतर्फ गुराँसको मात्र लाभांशको आशा: पाँचले बाँड्दा तीनले खाली हात पारे

0
Shares

नेप्सेमा सूचीकृत अन्य कम्पनीहरुको तुलनामा एक्चुअरी भ्यालुएशन र परम्परागत तथा नेपाल वित्तमान प्रणाली (एनएफआरएस) लेखापरिक्षणका कारण एक वर्ष ढिला साधारण सभा हुँदै आएका जीवन बीमा कम्पनीहरुमध्ये अधिकांशले आर्थिक वर्ष २०७५/७६ को लाभांश वितरण गर्ने/नगर्ने निक्र्यौल गरेका छन् ।

नेप्सेमा सूचीकृत ९ कम्पनीमध्ये चैत १२ गते बिहीबारसम्ममा आर्थिक वर्ष २०७५।७६ बाट पाँच जीवन बीमा कम्पनीले शेयरधनीलाई लाभांश वितरण गरेका छन् भने तीन कम्पनीहरुले शेयरधनीलाई सो आर्थिक वर्षबाट लाभांश वितरण गरेनन् । अब गुराँस लाइफको मात्र आर्थिक वर्ष २०७५/७६ बाट लाभांश घोषणा हुन बाँकी छ ।

जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफले सबैभन्दा धेरै ५१ प्रतिशत लाभांश वितरण गरेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशनले सबैभन्दा कम १०.५२ प्रतिशत लाभांश वितरण गरेको छ । प्राइम लाईफले १५ तथा नेशनल लाइफ र सूर्या लाइफले पनि कुल १०.५२ प्रतिशत लाभांश वितरण गरे ।

Sector-Life Insurance Stock Symbol Bonus Cash Total Bookclose AGM
Nepal Life Insurance   NLIC 31.00 20.00 51.00 Magh 14, Wednesday Magh 28, Wednesday
Prime Life Insurance Company  PLIC 7.00 8.00 15.00 Poush 17, Friday Poush 27, Monday
National Life Insurance   NLICL 10.00 0.53 10.53 Magh 2, Friday Magh 15, Tuesday
Surya Life Insurance Company  SLICL 5.00 5.53 10.53 Poush 17, Friday Magh 5, Monday
Life Insurance  Nepal LICN 10.00 0.52 10.52 Falgun 7, Friday Falgun 25, Tuesday
Asian Life Insurance   ALICL 0.00 0.00 0.00  –  –
Reliance Life Insurance  RLI 0.00 0.00 0.00  – Ashad 28, Sunday
Prabhu Life Insurance Company  PLI 0.00 0.00 0.00  – Ashoj 29, Thusday
Gurans Life Insurance Company  GLICL          

आर्थिक वर्ष २०७५/७६ बाट एशियन लाइफ तथा नयाँ जीवन बीमा कम्पनीहरु रिलायन्स लाइफ, प्रभु लाइफका शेयरधनीको भने हात खाली भएको छ । गुराँस लाइफको लाभांश घोषणा हुन बाँकी छ । जीवन बीमा कम्पनीहरुको गत आर्थिक वर्ष २०७६/७७ को लाभांश आउन भने अझै ६ महिना कुर्नुपर्ने देखिन्छ ।

सूचीकृत हुन बाँकी ज्योति लाइफ इन्स्योरेन्सको शुक्रबार आईपीओ बाँडफाँड हुुँदैछ भने सिटिजन लाइफ, सानिमा लाइफ, रिलायबल नेपाल लाइफ, सन नेपाल लाइफ, युनियन लाइफ, आईएमई लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स गरी ७ कम्पनीले आईपीओ निष्काशन गर्ने प्रकृया अगाडि बढाएका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।