महालक्ष्मी विकास बैंकको ७० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

0
Shares

महालक्ष्मी विकास बैंक (MLBL) ले ६९ हजार ५८० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार पहिलो चरणमा बै.कका विद्यमान संस्थापक शेयरधनीले खरीद गर्न पाउने गरी सो शेयर बिक्रीमा ल्याइएको हो ।

इच्छुक शेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात सहित केन्द्रीय कार्यालय दरबारमार्गमा आइपुग्ने गरेर निवेदन दिन बैंकले सूचना जारी गरेको छ ।

संस्थापक शेयरधनीबाट खरीद नभएमा भने प्रचलित कानून अनुसार सर्वसाधारणमा शेयर बिक्री गर्न आवश्यक प्रक्रिया अघि बढाउने बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।