एक्सेल डेभलपमेन्ट बैंकले ३० प्रतिशत हकप्रद बिक्री गर्न तोक्यो बिक्री प्रबन्धक

0
Shares

एक्सेल डेभलपमेन्ट बैंकले निष्काशन गर्न लागेको ३० प्रतिशत हकप्रदका लागि एनआईबिएल एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

बैंकले गत असार १४ गते सम्पन्न गरेको आफ्नो १४ औँ वार्षिक साधारणसभाबाट १०ः३ को अनुपातमा हकप्रद निष्काशनको एजेन्डा अनुमोदन गरेको थियो ।

बैंकले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरको २४ करोड ३३ लाख ३६ हजार ३६७.४२ रुपैयाँ बराबरको २४ लाख ३३ हजार ३६३.६७४२ कित्ता हकप्रद जारी गर्नेछ।

उक्त सम्झौतामा एक्सेल डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार पोखरेल, एनआईबिएल एस क्यापिटलका नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गरे ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।