प्राइम कमर्सियल बैंकको डिबेन्चर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैकिङ्ग नियुक्त


प्राइम कमर्सियल बैंकको डिबेन्चर कारोबार सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत डिबेन्चरवालाहरुको लगत अद्यावधिक गर्ने लगायतका काम आरविवि मर्चेण्ट बैंकिङ लिमिटेडले गर्ने भएको छ ।

बैंकको डिबेञ्चर सम्बन्धि सबै काम गर्नका लागि २०७८ बैशाख ९ गतेदेखि लागु हुने गरि आरविवि मर्चेन्ट बैंकिङ्ग लाई डिबेन्चर रजिष्ट्रार नियुक्त गरिएको हो ।

उक्त सम्झौतापत्रमा प्राइम कमर्सियल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धर र आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् ।

आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्व रहेको र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकिङ्ग लिमिटेड हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।