पूर्वराजा ज्ञानेन्द्र र उनको परिवार नर्भिक अस्पतालमा भर्ना

पूर्वराजा ज्ञानेन्द्र र उनको परिवार नर्भिक अस्पतालमा भर्ना


पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह र उनको परिवार नर्भिक अस्पतालमा भर्ना भएका छन् ।

कोरोना संक्रमणबाट पीडित भएसम्गै शनिबार ज्ञानेन्न्द्र सहित पूर्वरानी कोमल राज्यलक्ष्मी शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाह थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएकी हुन् ।

उनीहरु शनिवार दिउँसो १ बजे नर्भिक अस्पतालमा भर्ना भएका हुन् । भारतको धार्मिक भ्रमण गरी नेपाल फर्मिएका पूर्वा राजा सहित उनकोे परिवारमा केही दिनअघि उनीहरुमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

उनीहरुको उपचारमा संलग्न चिकित्सकहरुको अनुसार तीनैजनाको अवस्था स्थिर र सामान्य रहेको छ । केही दिनअघि भारतको हरिद्वारबाट फर्किएपछि स्वाब परीक्षणका क्रममा पूर्वराजा र रानीमा कोरोना सङ्क्रमण देखिएको थियो । 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ बैशाख २०७८, शनिबार १५ : ४० बजे