सबैको लघुवित्तको सिईओमा पुनः केशव कुमार पौडेल


सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः केशव कुमार पौडेल नियुक्त भएका छन् ।

वैशाख २४ गते सम्पन्न सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि पौडेललाई कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

पौडेलको पहिलो कार्यकाल आगामी वैशाख ३१ गते सकिने भएकाले जेठ १ गतेदेखि लागू हुने गरी पुनः ४ वषको लागि कम्पनीको सीईओमा नियुक्त गरिएको कम्पनीका नायब महाप्रबन्धक पवन कुमार श्रेष्ठले जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।