नेपाल प्रहरीले आर्थिक प्रलोभनमा पार्न खोजेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका–१० बस्ने ४३ वर्षीय शेर बहादुर भुजेल रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार जगातीबाट साँगातर्फ जादै गरेको बाग्मती प्रदेश–०३–००१ च ०८६६ नम्बरको माईक्रोबसलाई जाँच गर्ने क्रममा माईक्रोबस चालक भुजेलले डिउटीमा खटेको प्रहरीलाई १ हजार रुपैयाँ घुस लिन आग्रह गरेका थिए ।
भुजेललाई मंगलबार राति मंगलबार राती पक्राउ गरेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
