महामारीमा शंकर ग्रुप र इन्फिनिटी होल्डिङको सहयोग श्रृखंला


कोभिड–१९ को संक्रमण र यसको प्रभाव बढेसँगै शंकर ग्रुप र इन्फिनिटी होल्डिङले संयुक्त प्रयासमा सहयोगको श्रृंखला सुरु गरेका छन् । दुबै समूहले संयुक्त रुपमा हालसम्म साढे तीन करोड रुपैयाँ भन्दा बढिको स्वास्थ्य सामाग्री, उपकरण र प्राविधिक सहयोग देशभरका अस्पताल र अग्रपक्तिमा खटिएका ‘कोभिड वारियरहरुलाई हस्तानान्तरण गरिसकेका छन् । 

शंकर र इन्फिनिटीले काठमाडौंको वीर र सशस्त्र प्रहरी बल अस्पताल, रुपन्देही र सेती प्रादेशिक अस्पतालका लागि आवश्यक सहयोग अग्रंपक्तिमा खटिएका दुई समाजिक संस्था मार्फत केही सामाग्री हस्तानान्तरण गरिसकेका छन् भने केही समाग्री एकदुई दिनमै हस्तानान्तण गर्दैछन् ।  

शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल र इन्फिनिटी होल्डिङका अध्यक्ष दीपक भट्टले महामारीमा सहयोगको यो श्रृंखला निरन्तर संचालन रहने बताए । उनीहरुले यस मानविय संकटमा अधुरा र उधारो बाचाभन्दा अहिलेको तत्काल आवश्यकता पूर्तीका लागि आफुहरु सक्रिय रहेको बताए । 

यो समूहका अनुसार केही दिनमै धनगढीस्थित सेती प्रादेशीक अस्पतालमा अत्याधुनिक तथा बहुउपयोगी अक्सिजन प्लान्ट जडानको तयारी भइरहेको छ । फ्रान्सबाट एयर लिफ्ट गर्न थालिएको नोभाएयर मेडिकल्स कम्पनीको अक्सिजन प्लान्टले ४५ शैंयामा हाइ फ्लो र दैनिक सात सय लिटर अक्सिजन उत्पादन गर्नेछ  

दुबै कम्पनीले पहिलो चरणमा वीर अस्पतालको नयाँ भवनमा ५० शैयाँका साथै त्यसका लागि आवश्यक म्याट्रेस, तन्ना, सिरानी र त्यसको खोल लगायतका सामाग्री हस्तानान्तरण गरेको छ । यस्तै सुदूरपश्चिम प्रदेशमा आवश्यक अस्पताल तथा स्वास्थ्य संस्थाका लागि १०० शैयाँका साथै त्यसका लागि आवश्यक सामाग्री हस्तानान्तरण गरिएको छ । 

कम्पनीले काठमाडौंमा सामाजिक संस्था हामी नेपाल र सुदूरपश्चिम प्रदेशमा ह्युम्यानिटी फाउण्डेशन मार्फत सहयोग हस्तानान्तरण गर्दै आएको छ । 

शंकर र इन्फिनिटीले चीनबाट मगाएका ५२० थान भल्भ्स र रेगुलेटर सहितका अक्सिजन सिलिण्डर सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र सशस्त्र प्रहरी अस्पताल बलम्बुलाई एकदुई दिनमै हस्तानान्तरण गर्दैछ । यस्तै रुपन्देहीमा अग्रपक्तिमा खटिएका कोभिड वारियर का लागि ५० हजार मास्क उपलब्ध गराइएको छ । 

यो समूहले सुदूरपश्चिम प्रदेशका लागि ३२० थान र एपीएफ अस्पताल तथा कर्णाली प्रदेशमा एक एकसय थान सिलिण्डर हस्तान्तरण गर्दैछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।