साढे ५७ हजार नगद सहित ७ जुवाडे प्रहरीको नियन्त्रणमा


नेपाल प्रहरीले ५७ हजार ७ सय ७५ रुपैयाँ सहित ७ जुवाडेलाई पक्राउ गरेको छ ।

प्रहरीले चन्द्रागिरी न.पा ११ सतुंगलस्थित चन्द्रागिरी पार्टी प्यालेसमा तास खेलिरहेको अवस्थामा पार्टी प्यालेसका सञ्चालक सोही ठाउँ बस्ने ५४ वर्षीय राजु श्रेष्ठ लगायत ७ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुलाई नगद ५७ हजार ७ सय ७५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ जेठ २०७८, बिहीबार १४ : ०२ बजे