औषधिमा कालोबजारी गर्ने फार्मेसी सञ्चालक प्रहरीको नियन्त्रणमा


नेपाल प्रहरीले औषधिको मूल्यमा कालोबजारी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगरको विराट अस्पताल नजिक रहेको पश्चिमवासी फार्मेसीका सञ्चालक सिरहाका २२ वर्षीय रविन्द्र महतो रहेको प्रहरीले जनाएको छ ।

महातो बिहीबार दिउँसो पक्राउ परेका हुन् ।

महातोले औषधि बिक्री गर्दा २ वटा खाता बनाई एउटा खातामा औषधिको वास्तविक मूल्य लेख्ने र अर्को खातामा बढि मूल्य लेख्ने तथा ग्राहकलाई त्यही बढि मूल्यको खाता देखाई औषधिको बढि मूल्य लिने गरेका थिए ।

उनी उपर कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ७ जेठ २०७८, शुक्रबार १४ : १३ बजे