कोरोना रोकथाम तथा नियन्त्रणका लागि ३७ अर्ब ५३ करोड रुपैंया विनियोजन


अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्दै कोरोना रोकथाम तथा नियन्त्रणका लागि ३७ अर्ब ५३ करोड रुपैंया विनियोजन गरेको बताएका छन् । उनले कोरोना खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको बताए ।

सरकारले कोरोना महामारी नियन्त्रण तथा त्यसविरुद्धको खोप खरीदका लागि अर्बौं रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ विरुद्धको खोप सम्पूर्ण नेपाली जनतालाई निःशुल्क उपलब्ध गराउन २६ अर्ब ७५ करोड विनियोजन गरिएको बताए ।

कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि रु ३७ अर्ब ५७ करोड छुट्याइएको तथा रोगको उपचारका लागि आवश्यक पर्ने औषधि उपकरण खरीदका लागि रु पाँच अर्ब ६० करोड विनियोजन गरिएको जानकारी दिए ।

महामारी नियन्त्रणका निम्ति आवश्यक पर्ने अस्पतालसहित भौतिक पूर्वाधार निर्माणका लागि सो रकम विनियोजन गरिएको हो । अर्थमन्त्रीले स्वास्थ्य उपकरण आयातमा भन्सार नलाग्ने व्यवस्था गरिएको पनि बताए ।

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।