कर्मचारीको तलव साउन १ गतेदेखि मासिक २ हजार वृद्धि

0
Shares

सरकारले निजामती कर्मचारीको तलबमा वृद्धि गरेको छ ।
 
२०७८ साउन १ गतेदेखि लागू हुनेगरी निजामती कर्मचारीको तलब मासिक २ हजार रुपैयाँले वृद्धि गरिएको अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् ।

अर्थमन्त्री विष्णु पौडेलले सबै कर्मचारीको तलब मासिक २ हजारले बढाएका हुन् । यस्तै १० लाख सम्मको बीमा तथा आवासका लागि सहुलियतमा ऋण दिने र हाल दिइरहेको महँगी भत्तालाई कायम नै राखिएको पौडेलले जानकारी दिए ।

तलब बढेसँगै अब खरीदारको मासिक तलब २८ हजार ६०४ पुगेको छ भने सबैभन्दा उच्च पद मुख्यसचिवको तलब ६७ हजार १३६ रुपैयाँ पुगेको छ । यस्तै नायब सुब्बाको ३० हजार २०० रुपैयाँ र शाखा अधिकृतको मासिक तलब ३७ हजार ९९० रुपैयाँ पुगेको छ ।

यस्तै, सरकारले जनपथ र सशस्त्र प्रहरीले पाउँदै आएको राशन खर्चमा १५ प्रतिशतले वृद्धि पनि गरेको छ ।
 
आगामी वर्ष ७० लाख नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्र कार्ड वितरण गरिने उनले जनाएका छन् । प्रवासमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्नका लागि तयारी अगाडि बढाइने पनि सरकारको योजना छ ।
 
?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।