निर्जीवन बीमा कम्पनीहरुको दश महिनामा २५ अर्बको व्यवसाय

0
Shares

निर्जीवन बीमा कम्पनीहरुले करिब २५ अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । चालु आवको १० महिना अर्थात वैशाख महिनासम्ममा १९ निर्जीवन बीमा कम्पनीले २४ अर्ब ६२ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।

बीमा समितिद्धारा उपलब्ध तथ्यांकमा राष्ट्रिय बीमा कम्पनीको तथ्यांक उल्लेख छैन् । गत आवको वैशाख मसान्तसम्ममा कम्पनीहरुले २० अर्ब ५४ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेकोमा समीक्षा अवधिमा १९.८६ प्रतिशतले बीमाशुल्क संकलन बढेको हो । चालु आवको यसै अवधिमा १९ निर्जीवन बीमा कम्पनीले २४ अर्ब ६२ करोड रुपैयाँ बीमाशुल्क उठाएका हुन् ।

यस अवधिमा शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै बीमाशुल्क उठाउन सफल भएको छ । कम्पनीले ३ अर्ब १९ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत आवको वैशाख सान्तसम्ममा कम्पनीले २ अर्ब ६६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो ।

शिखरपछि सगरमाथा इन्स्योरेन्सले २ अर्ब ९ करोड रुपैयाँ र नेको इन्स्योरेन्सले २ अर्ब ८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । यस अवधिमा सिद्धार्थ इन्स्योरेन्सले १ अर्ब ८८ करोड रुपैयाँ, एनएलजीले १ अर्ब ८१ करोड रुपैयाँ, प्रिमियर इन्स्योरेन्सले १ अर्ब ५२ करोड रुपैयाँ, आइएमई जनरल इस्योरेन्सले १ अर्ब २२ करोड र प्रभु इन्स्योरेन्सले १ अर्ब २० करोड रुपैयाँ रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।

प्रुडेन्सियल, लुम्बिनी जनरल, अजोड र नेपाल इन्स्योरेन्सले अर्ब भन्दा माथि बीमाशुल्क संकलन गरेका छन् ।

हिमालयन जनरल, युनाइटेड, ओरियन्टल, एभरेष्ट, नेशनल, जनरल र सानिमा जनरल इन्स्योरेन्सले भने अर्ब भन्दा कम बीमाशुल्क संकलन गरेका छन् ।

S.N.  Non Life Insurance Net Premium in arab
    2077|078 Baishakh End 2076|077 Baishakh End Change %
1 Shikhar Insurance Co. Ltd. 3.19 2.66 19.92
2 Neco Insurance Co. Ltd. 2.09 1.72 21.51
3 Sagarmatha Insurance Co. Ltd. 2.08 1.79 16.20
4 Siddhartha Insurance Ltd. 1.88 1.60 17.50
5 NLG Insurance Company  1.81 1.39 30.22
6 Premier Insurance Co. Ltd. 1.52 1.36 11.76
7 IME General Insurance Ltd. 1.22 1.05 16.19
8 Prabhu Insurance Ltd. 1.20 1.21 -0.83
9 Prudential Insurance Co. Ltd. 1.13 0.86 31.40
10 Lumbini General Insurance 1.10 0.94 17.02
11 Ajod Insurance Company Limited 1.06 0.64 65.63
12 Nepal Insurance  1.04 0.91 14.29
13 Himalayan General Insurance 0.97 0.89 8.99
14 Oriental Insurance Company Limited 0.87 0.84 3.57
15 United Insurance Co. (Nepal) Ltd. 0.83 0.54 53.70
16 Everest Insurance Co. Ltd. 0.83 0.78 6.41
17 National Insurance 0.72 0.65 10.77
18 General Insurance Company Nepal Limited 0.56 0.44 27.27
19 Sanima General Insurance Company Limited 0.52 0.27 92.59
  Total 24.62 20.54 19.86

 

सानिमा जनरल इन्स्योरेन्सले सबैभन्दा धेरै बढाउँदा प्रभु इन्सयोरेन्सको भने गत आवको भन्दा घट्यो

बीमा संकलनको वृद्धिदरको आधारमा हेर्दा सानिमा जनरल इन्स्योरेन्सले गत आवको दश महिनाको तुलनामा सबैभन्दा धेरै ९२ प्रतिशत धेरैले बीमाशुल्क संकलनलाई बढाएको छ । गत आवको यसै अवधिमा २७ करोड बीमाशुल्क संकलन गरेको कम्पनीले हाल ५२ करोड बढी बीमाशुल्क उठाएको हो ।

यसैगरी अजोड इन्स्योरेन्सको ६५.६३ प्रतिशत, युनाइटेड ५३.७०, प्रुडेन्सियल ३१.४०, र एनएलजी इन्सयोरेन्सको बीमाशुल्क ३० प्रतिशत बढीले छ । बीमाशुल्क संकलन रकम बढेको छ ।

यस अवधिमा प्रभु इन्स्योरेन्सको बीमाशुल्क संकलन भने ८३ लाख रुपैयाँले घटेको छ । गत आवको यसै अवधिमा १ अर्ब २१ करोड बीमाशुल्क संकलन गरेको कम्पनीले चालु आवको बैशाख मसान्तभित्रमा १ अर्ब २० करोड १७ लाख रुपैयाँ मात्र बीमाशुल्क संकलन गरेको हो ।

S.N.  Non Life Insurance Net Premium in arab
    2077|078 Baishakh End 2076|077 Baishakh End Change %
1 Sanima General Insurance Company Limited 0.52 0.27 92.59
2 Ajod Insurance Company Limited 1.06 0.64 65.63
3 United Insurance Co. (Nepal) Ltd. 0.83 0.54 53.70
4 Prudential Insurance Co. Ltd. 1.13 0.86 31.40
5 NLG Insurance Company  1.81 1.39 30.22
6 General Insurance Company Nepal Limited 0.56 0.44 27.27
7 Neco Insurance Co. Ltd. 2.09 1.72 21.51
8 Shikhar Insurance Co. Ltd. 3.19 2.66 19.92
9 Siddhartha Insurance Ltd. 1.88 1.60 17.50
10 Lumbini General Insurance 1.10 0.94 17.02
11 Sagarmatha Insurance Co. Ltd. 2.08 1.79 16.20
12 IME General Insurance Ltd. 1.22 1.05 16.19
13 Nepal Insurance  1.04 0.91 14.29
14 Premier Insurance Co. Ltd. 1.52 1.36 11.76
15 National Insurance 0.72 0.65 10.77
16 Himalayan General Insurance 0.97 0.89 8.99
17 Everest Insurance Co. Ltd. 0.83 0.78 6.41
18 Oriental Insurance Company Limited 0.87 0.84 3.57
19 Prabhu Insurance Ltd. 1.20 1.21 -0.83
  Total 24.62 20.54 19.86

End

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।