सूचीकृत १८ मध्ये १३ निर्जीवन बीमा कम्पनीले घोषणा गरे लाभांश, कुनको कति ?

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत १८ निर्जीवन बीमा कम्पनीहरुमध्ये गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १३ कम्पनीले लाभांश प्रस्ताव गरेका छन् । २ कम्पनीहरु युनाईटेड इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनीको लाभांश घोषणा हुन बाँकी छ ।

नेप्सेमा सूचीकृत १८ निर्जीवन बीमा कम्पनीहरुमध्ये शिखर, प्रिमियर, प्रभु, नेपाल इन्स्योरेन्स, एभरेष्ट, प्रुडेन्सियल, आइएमई जनरल, हिमालयन जनरल, नेको, सगरमाथा, एनएलजी, सिद्धार्थ र लुम्बिनी जनरल इन्स्योरेन्सले लाभांश घोषणा गरेका छन् ।

युनाईटेड इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, सानिमा जनरल कम्पनीको लाभांश घोषणा हुन बाँकी रहेको हो । जनरल इन्स्योरेन्सले बिना लाभांश बैशाख २६ गते तेस्रो वार्षिक साधारण सभा आह्वान गरेपनि कोभिड संक्रमणका कारण जारी निषेधाज्ञाले सभा स्थगन गरेको छ । 

लाभांश घोषणा गरेकामध्ये शिखरले सबैभन्दा धेरै २९.२३ प्रतिशत (२७.७७ प्रतिशत बोनस र १.४६ प्रतिशत) नगद लाभांश वितरण गरेको छ । शिखर इन्स्योरेन्सको बोनस शेयर जेठ ११ गते नेप्सेका सूचीकृत समेत भैसकेको छ ।

लाभांश घोषणा गरेका कम्पनीमध्ये हिमालयन जनरलले सबैभन्दा कम ६.७५ प्रतिशत (३ प्रतिशत बोनस र ३.७५ प्रतिशत नगद) लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।सगरमाथा, प्रिमियर, प्रभु, एनएलजी, नेपाल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्सले पनि १० प्रतिशत भन्दा बढी लाभांश दिने प्रस्ताव गरेका छन् ।

नेको इन्स्योरेन्सले १५.५ प्रतिशत बोनस र ०.८२ प्रतिशत नगद गरी १५.३२ प्रतिशत र सिद्धार्थ इन्स्योरेन्सले पनि १२ प्रतिशत बोनस र ३.७८ प्रतिशत नगद गरी १५.७८ प्रतिशत लाभांश घोषणा गरेका छन् ।

जनरल इन्स्योरेन्सले बैशाख २६ गते र सानिमा जनरलले जेठ ११ गते बिना लाभांश तेस्रो वार्षिक साधारण सभा आह्वान गरेपनि कोभिड संक्रमणका कारण जारी निषेधाज्ञाले दुबैको सभा स्थगन भएको छ । दुबै कम्पनीले गत आवको नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्न सकेनन् ।

S.N. Sector- Non Life Insurance Bonus Cash Total Bookclose AGM
1 Shikhar Insurance Co. Ltd. 22.77 1.46 29.23 Falgun,26 Wednesday Chaitra,9 Monday
2 Neco Insurance Co. Ltd. 15.50 0.82 16.32    
3 Siddhartha Insurance Ltd. 12.00 3.78 15.75 Jestha 14 Friday Jestha 28 friday
4 Sagarmatha Insurance Co. Ltd. 11.00 0.58 11.58    
5 Premier Insurance Co. Ltd. 0.00 11.05 11.05 Chaitra, 11 Wednesday chaitra 23, Monday 
6 NLG Insurance Company  10.00 0.53 10.53    
7 Prabhu Insurance Ltd. 10.00 0.53 10.53 Baishakh 26, Suunday Jestha 6, Thusday
8 Lumbini General Insurance 5.00 5.00 10.00 Jestha 14  Friday Jestha 28 Friday
9 Nepal Insurance  8.00 2.00 10.00 Chaitra 17  Tuesday Chaitra 27 Friday
10 Everest Insurance Co. Ltd. 8.00 0.42 8.42 Baishakh 29 weddnesday Jestha 10 Monday
11 Prudential Insurance Co. Ltd. 8.00 0.42 8.42 Baishkh 1 wednesday-jestha 2 Jestha 2, Sunday
12 IME General Insurance Ltd. 7.00 0.37 7.37 Baishakha 2 Thusday Baishakha 12 Sunday
13 Himalayan General Insurance 3.00 3.75 6.75 Jestha 13 Thusday Jestha 28 Friday
14 General Insurance Company Nepal Limited 0.00 0.00 0.00 Baisak 1, Wednesday  
15 Sanima General Insurance Company Limited 0.00 0.00 0.00 Baisak 29, Wednesday  
16 United Insurance Co. (Nepal) Ltd.          
17 Ajod Insurance Company Limited          
18 Rastriya Beema Company Limited          

अजोड, शिखर इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स कम्पनी, प्रभु इन्स्योरेन्स कम्पनी, एभरेष्ट इन्स्योरेन्स कम्पनीको साधारण सभा सम्पन्न भईसकेको छ ।

हिमालयन, सिद्धार्थ, लुम्बिनी जनरल इन्स्योरेन्सले लाभांश प्रस्ताव गरेपनि साधारण सभा हुन बाँकी छ । तीनवटै कम्पनीले जेठ २८ गते शुक्रबार साधारण सभा बोलाएका छन् ।

गत आर्थिक वर्ष २०७६/७७ को कमाइबाट युनाईटेड इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी इन्स्योरेन्स कम्पनीले भने अझै लाभांश घोषणा गर्ने वा नगर्ने तय गर्न बाँकी छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।