समृद्धि फाइनान्सले झण्डै १४ लाख कित्ता संस्थापक शेयर लिलामी गर्ने


समृद्धि फाइनान्सले १४ लाख कित्ता संस्थापक शेयर लिलामी गर्ने भएको छ । फाइनान्सले यस अघि लिलामीमा राख्दा बिक्री हुन नसकेको संस्थापक तर्फको १३ लाख ८० हजार ७१८ कित्ता शेयर असार ३ गतेदेखि लिलामीमा राख्ने भएको हो ।

फाइनान्सको संस्थापक शेयरका लागि प्रतिकित्ता न्युनतम मूल्य १०० रुपैंयाको दरमा कम्तीमा १०० कित्ताका लागि आवेदन गर्नु पर्नेछ । फाइनान्सको लिलामी शेयरमा आवेदन दिनका लागि बिक्री प्रबन्धक बिओके क्यापिटल नक्साल, बैंक अफ काठमाण्डूका शाखाहरु मेनरोड बिराटनगर, बिर्तामोड, बीरगञ्ज, जनकपुर, हेटौंडा, नारायणघाट, पोखरा, बुटवल, बागलुङ, घोराही, धम्बोजी, नेपालगञ्ज, बीरेन्द्रनगर र धनगढीबाट आवेदन दिन सकिनेछ ।

त्यसै गरी समृद्धि फाइनान्सको मुख्य कार्यालय हेटौंडाका साथै शाखा कार्यालयहरु पुतलीसडक, बुटवल, पोखरा र नारायणघाटका साथै ज्योती विकास बैंकको महेन्द्रनगर शाखाबाट आवेदन दिन सकिनेछ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।