उद्योगी व्यवसायीलाई खोप उपलब्ध गराउन चेम्बर अफ कमर्शको आग्रह


नेपाल चेम्बर अफ कमर्शले उद्योगी व्यवसायीलाई खोप लगाउने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ । कोरोना महामारीको असर समग्र मुलुकमा परिरहेको अवस्थामा निजी क्षेत्रलाई पनि असर परेको भन्दै चेम्बरले खोपको उपलब्धताका लागि आग्रह गरेको ।

मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने र निजी क्षेत्रको आत्मवल वृद्धि भएमा मात्र आर्थिक विकास तथा रोजगारी अभिवृद्धि तथा राजश्वमा योगदान पुग्ने चेम्बरको भनाई छ ।

नयां भेरियण्टको कोभिडको दोश्रो चरणको महामारीले समस्त उद्योगी तथा व्यवसायीहरुलाइ आक्रान्त तुल्याएको भन्दै चेम्बरले समयमा नै कोरोना बिरुद्धको भ्याक्सीन उपलब्ध नहुँदा अग्रपंक्तिमा कार्यरत व्यवसायिक क्षेत्रको आत्मवल कमजोर भएको जनाएको छ ।

लकडाउनका कारण अधिकांश व्यवसायहरु वन्द अवस्थामा रहेका बेला कोरोना बिरुद्धको भ्याक्सीन उपलब्ध नहुँदा उद्योग व्यवसाय संचालन चुनौतिपूर्ण अवस्थामा पुगेको चेम्बरको भनाई छ ।

यही अवस्थालाई ध्यानमा राख्दै चेम्वर अफ कमर्सका पदाधिकारी तथा सदस्यहरु, चेम्वरसंग आवद्ध रहेका वस्तुगत संघ, आवद्ध संघ, द्धिराष्ट्रिय व्यापार संघ, प्रदेश, जिल्ला तथा नगर स्तरीय चेम्वर अफ कमर्सका पदाधिकारी तथा सदस्यहरु, चेम्वर अन्तरगत गठित केन्द्र तथा जिल्ला अन्तरगत गठित महिला चेम्वरका पदाधिकारी तथा सदस्यहरु तथा चेम्वर अन्तरगतका समस्त किराना व्यवसायीहरु उद्योगीहरु एवम उद्योग तथा यातायात क्षेत्रमा कार्यरत मजदूरलाइ दुवै चरणको खोपको व्यवस्था गरिदिन चेम्बरले आग्रह गरेको हो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।