बहत्तर हजार नगद सहित ४ जुवाडे पक्राउ

बहत्तर हजार नगद सहित ४ जुवाडे पक्राउ

नेपाल प्रहरीले ७२ हजार नगद र ३ बुक तास सहित चार जना जुवाडेलाई पक्राउ गरेको छ ।

कीर्तिपुर नगरपालिका–३ ढाल्पा सुन्दरबस्तीस्थित जोन लामाको डेरामा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५६ वर्षीय दिपक कुमार महर्जन लगायत ४ जनालाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ असार २०७८, शुक्रबार १३ : ५१ बजे