आफूलाई वनका कर्मचारी तथा पत्रकार भन्दै ठगी गरेको अभियोगमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले सुन्दरहरैँचा नगरपालिका–७ बस्ने ५६ वर्षीय पुष्प प्रसाद सिग्देल र सुनसरी इटहरी उपमहानगरपालिका–६ जुटबिकास बस्ने ५० वर्षीय दधिराम चौहानलाई शुक्रबार साँझ नियन्त्रणमा लिएको हो ।
उनीहरूले आफु वनका कर्मचारी कर्मचारी र पत्रकार हौं भन्दै डर त्रास देखाउँदै विभिन्न काठ मिलहरूबाट रकम उठाएका थिए ।
सोही क्रममा उनीहरूलाई रतुवामाई नगरपालिका–१० स्थित माईवेनी मिलबाट पक्राउ गरेको हो ।
उनीहरूमध्ये दधिरामको साथबाट नगद २५ हजार ९ सय ९५ रूपैयाँ र पुष्प प्रसादको साथबाट नगद ७ हजार रूपैयाँ गरी जम्मा ३२ हजार ९ सय ९५ रूपैयाँ प्रहरीले बरामद भएको प्रहरीले जनाएको छ ।
साथै उनीहरूको साथबाट सृष्टि साप्ताहिक तथा सन्देश दैनिक समाचारपत्र लेखिएको १ थान रसिद प्याड, उठाएको रकम अभिलेख भएको १ थान डायरी, १ थान कान्तिपुर पोष्टको बजार ब्यवस्थापक परिचयपत्र, १ थान जनमत साप्ताहिकको सम्वाददाता परिचयपत्र, १ थान बराह साप्ताहिकको संवाददाता परिचयपत्र समेत प्रहरीले बरामद गरेको छ ।
उनीहरू विरुद्ध ठगी कसूरमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
२३ हजार नगद सहित ९ जुवाडे पक्राउ
नेपाल प्रहरीले २३ हजार १०० रुपैयाँ सहित ९ जना जुवाडेलाई पक्राउ गरेको छ ।
प्रहरीले पोखरा महानगरपालिका–५ पर्श्याङ धारापानी मार्गबाट धादिङ घर भएका ३० वर्षीय जित बहादुर गुरुङको कोठामा तास खेलिरहेका गुरुङ लगायत ९ जनालाई शनिबार बेलुका पक्राउ गरेको हो ।
यस बारे थप अनुसन्धा भइरहेको प्रहरीले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
