डेढ लाख नगद सहित १० जना जुवाडे नियन्त्रणमा

डेढ लाख नगद सहित १० जना जुवाडे नियन्त्रणमा


नेपाल प्रहरीले १ लाख ४० हजार रुपैयाँ सहित १० जना जुवाडेलाई पक्राउ गरेको छ ।

प्रहरीले काठमाण्डौको गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोकास्थित मानकाजी लामाको एचएम कार्पेट उद्योगमा तास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक सुनकोशी घर भएका ३५ वर्षीय लाल काजी तामाङ लगायत १० जनालाई आइतबार साँझ पक्राउ गरेको हो ।

उनीहका साथबाट १ लाख ४० हजार ३ सय ६५ रुपैयाँ र ३ बुक तास सहित बरामत भएको प्रहरीले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ असार २०७८, सोमबार १४ : २८ बजे