नेपाल एग्रो लघुवित्तको बोनस समायोजन, मर्जर प्रस्ताव पारित गर्दै


मर्जर प्रकृयामा रहेको नेपाल एग्रो लघुवित्तको बोनस शेयर समायोजन भएको छ । मर्जरमा गए पछि कारोबार रोक्का भएको शेयर मूल्यमा लघुवित्तले प्रस्ताव गरेको बोनसलाई समायोजन गरिएको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार लघुवित्तको १४.०१ प्रतिशत बोनस शेयरलाई समायोजन गरी प्रतिकित्ता शेयर मूल्य ५४९ रुपैंया कायम गरेको हो । लघुवित्तको असार २१ गते पोखरामा हुने साधारण सभाले उल्लेखित बोनस शेयर र ४ लाख २१ हजार ४०० रुपैंया नगद लाभांश बितरण गर्ने प्रस्ताव पारित गर्दैछ ।

साथै लघुवित्तले इन्फिनिटी लघुवित्तसँगको मर्जर प्रस्ताव पनि पारित गर्दैछ । दुई लघुवित्तले मर्जरमा जाने सहमति गरे पछि सन् २०१९ को अक्टोबर ४ देखि नेप्सेमा शेयर कारोबार रोक्का छ ।

उता इन्फिनिटी लघुवित्तले पनि असार २१ गतेको विशेष साधारण सभाबाट मर्जर प्रस्ताव पारित गराउँदैछ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।