
नेपाल प्रहरीले महोत्तरीबाट स्रोत नखुलेको ३९ लाख ८० हजार रुपैयाँ सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित सडकबाट धनुषा मुसहरनिया मुखियापट्टी गाउँपालिका–१का ३८ वर्षीय संजय साहलाई मंगलबार दिउँसो स्रोत नखुलेको उक्त नगद सहित प्रहरीले पक्राउ गरेको हो ।
साहले चलाउँदै ल्याएको टेष्ट लेखिएको स्कुटरलाई जाँच गर्ने क्रममा स्रोत नखुलेको १ हजार र ५०० दरका गरी उक्त रुपैयाँ सहित फेला परेको प्रहरीले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
