आवेदन अवधि नसकिँदै एन आई सी एशिया सेलेक्ट ३० इन्डेक्स फण्डका सबै इकाई बिक्री

आवेदन अवधि नसकिँदै एन आई सी एशिया सेलेक्ट ३० इन्डेक्स फण्डका सबै इकाई बिक्री

निष्काशन सुरु भएको ४ दिनमा नै एन आई सी एशिया सेलेक्ट ३० इण्डेक्सका सबै इकाई बिक्री भएका छन् ।

फण्डका इकाईहरु असार १० गतेदेखि सर्वसाधारणमा निष्काशन गरिएको थियो । शनिबारको बिदा समेत गदौ निष्काशन सुरु भएको चौथो दिनको मध्यान्ह १ बजेसम्ममा सबै इकाई बिक्री भएको एनआईसी एशिया क्यापिटलले जनाएको छ ।

एन आई सी एशिया क्यापिटल योजना व्यवस्थापक रही संचालन गरेको इण्डेक्स फण्ड १ अर्व आकारको तेश्रो बन्द मुखी योजना हो ।

३ कार्यदिनको दिउँसो १ बजेसम्ममा ५४ हजारभन्दा बढी आवेदकबाट शतप्रतिशत इकाई बिक्री भएको क्यापिटलले जनाएको छ ।

एन आई सी एशिया सेलेक्ट ३० इन्डेक्स फण्डको सार्वजनिक निष्काशनमा असार १४ गते सोमबार साझ ५ बजे सम्म आवेदन दिन सकिने क्यापिटलले जनाएको छ । निष्काशित इकाईभन्दा बढी संख्यामा आवेदन आएको खण्डमा एन आई सी एशिया सेलेक्ट फण्डको आकार १ अर्व २५ करोड रुपैंया पुर्याउन सकिने व्यवस्था रहेको क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले जानकारी दिए ।

पहिलो पटक 'सेलेक्ट इण्डेक्स फण्ड' ल्याउँदाको उत्साह बेग्लै छ - रमेन्द्र रायमाझीसँग अन्तरवार्ता

प्रकाशित मिति: १३ असार २०७८, आइतबार १३ : ५३ बजे