काभ्रेको भुम्लु गाउँपालिकाद्धारा ५०% अनुदानमा किसानलाई हाते टेक्टर वितरण

काभ्रेको भुम्लु गाउँपालिकाद्धारा ५०% अनुदानमा किसानलाई हाते टेक्टर वितरण

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाले पालिकाको वडा नम्बर ९ का ४४ जना किसानलाई हाते ट्राक्टर वितरण गरेको छ ।

भुम्लु ९ मा रहेको इन्द्रावती दुग्ध उत्पादन तथा कृषि सहकारी संस्था मार्फत पालिकाले किसानलाई अनुदानमा ट्रयाक्टर वितरण गरेको हो ।

प्रधानमन्त्री कृषि अधुनिकिकरण परियोजना अन्तगर्त शशर्त अनुदान तर्फ पालिकाले भुम्लु ९ लाई मकै पकेट क्षेत्रको रुपमा अगाडी बढाउँदै ५० प्रतिशत अनुदानमा पेट्रोल इन्जिन, मिनिटेलर र हाते ट्राक्टर वितरण गरेको हो ।

५० हजार मूल्य पर्ने ट्रयाक्टरलाई पालिकाले ५० प्रतिशत अनुदानमा उपलब्ध गराइएको छ ।

वडा नम्बर ९ का वडा अध्यक्ष दलबहादुर तामाङका अनुसार, पालिकाले वडालाई मकै उत्पादन पकेट क्षेत्रको रुपमा घोषण गरेपछि. वडा कार्यलयको समन्वयनमा सहकारी मार्फट ट्रयाक्टर वितरण गरेको हो

वडाले चालु आर्थिक वर्षमा मात्रै करिब ७० जना किसानलाई ट्रयाक्टर विवतरण गरिसकेको छ भने यो आर्थिक वर्षमा नपुगेका बाँकी किसानलाई आगामी आर्थिक वर्षमा किसानको माग अनुसार कार्यक्रम गर्दै जाने उनले बताए ।

शनिबार गाउँपालिकाका उपाध्यक्ष कल्पना क्षेष्ठको उपस्थितिमा सहकारीले किसानलाई ट्रयाक्टर वितरण गरेको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ असार २०७८, आइतबार १६ : २९ बजे