प्रहरीले कैलालीको गोदावरी स्थीत अत्तरीया बसपार्कबाट सुन जस्तो देखिने पहेँलो धातु र नगद सहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले १२० ग्राम सुन जस्तो देखिने पहेंलो धात, ८ हजार ६ सय रुपैयाँ र ५ थान मोबाइल सहित डडेल्धुरा अमरगढीका २० वर्षीय महेश सार्की सहित ३ जनालाई आइतबार राति नियन्त्रणमा लिएको हो ।
प्रदेश ३–०१ –००२ च ४६९९ नम्बरको कारलाई प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त धातु सहित फेला पारी कार चालक कार्की सहित ३ जनालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धा भइरहेको प्रहरीले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
