नेपाल प्रहरीले अबैध रूपमा भन्सार छली ल्याएको ८ लाख रुपैयाँ बराबरको मोटरसाइकल सहित विभिन्न सामान बरामद गरेको छ ।
प्रहरीले नेपालगंज उपमहानगरपालिका–१५ जमुनाह बस्ने ३२ वर्षीय मोनु कवडियाले लुकाएर राखेको करिब ८ लाख रुपैयाँ बराबरको मोटरसाइकल तथा गाडीका पार्टपूर्जा र कपडा शनिबार साँझ बरामद गरेको हो ।
उनको कोठामा अबैध भन्सार छलिको सामान छ भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उक्त सामान फेला पारी बरामद गरेको हो ।
हाल फरार कवडियाको प्रहरीले खोजी भइरहेको साथै बरामद सामान भन्सार कार्यालय बाँकेमा पठाइने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।
