युनियन लाइफको आईपीओमा ३ अर्ब ४३ करोड रकमको आवेदन, ६ गुणाले ‘ओभर सब्सक्राइब’

0
Shares

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओ अन्तिम दिनसम्ममा झण्डै ६ गुणाले ओभर सब्सक्राइब भएको छ ।

युनियन लाइफ इन्स्योरेन्सको प्राथमिक निष्काशनमा चौथो तथा अन्तिम दिन ५.९१ गुणाले ओभर सब्सक्राइब भएको छ । कम्पनीले असार २४ गतेबाट सर्वसाधारणका लागि ५८ लाख ५ हजार कित्ता शेयर निष्काशन गरेको थियो ।

कम्पनीले कुल ६४ लाख ५० हजार कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५८ लाख ५ हजार कित्ता शेयर निष्काशन गरेको हो।

निष्काशनको अन्तिम दिन अपरान्ह ५ बजे सम्म २१ लाख ७२ हजार ८ सय ६८ जना सर्वसाधारण लगानीकर्ताहरुबाट ३ अर्ब ४३ करोड ६१ लाख ८२ हजार रकम बराबरको ३ करोड ४३ लाख ६१ हजार ८ सय २० कित्ता शेयरको लागि आवेदन परेको छ । यो आइपीओको निष्काशन तथा बिक्री प्रबन्धकको कार्य प्रभु क्यापिटल लिमिटेडले गरेको हो ।

आस्बा अन्तरगतका बैंकहरुमा आस्बामार्फत थप विवरण अझै अपडेट हुने क्रममा रहेकाले अन्तिम डाटा फरक हुन सक्ने बिक्री प्रबन्धकले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।