एग्रोमाट नेपाल प्रा.लिका अध्यक्ष अर्जुन भट्ट अख्तियारको नियन्त्रणमा

0
Shares


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एग्रोमाट नेपाल प्रा.लि. भैसेपाटी ललितपुरका अध्यक्ष अर्जुन भट्टलाई नियन्त्रणमा लिएको छ ।

आयोगका अनुसार उनले एम.पि. ईन्टरप्राइजेज ललितपुरको पुँजी वृद्धि गर्नका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ववरमहल आफुलाई अख्तियारको कर्मचारी (डि.एस.पी) हुँ भन्दै महानिर्देशक तथा अन्य कर्मचारीहरुलाई काम गर्न अनावश्यक दवाव दिएको दिएका थिए ।

साथै उनले विभिन्न स्थानमा नेपाल चेम्बर अफ कर्मशको अध्यक्ष, राष्ट्रिय कृषि बिकास कम्पनीको सि.ई.ओ. एवं माथिल्लो तहका व्यक्तिहरुसँग सम्पर्क छ भनि प्रभावमा पार्दै हिडेका थिए ।

सोही सूचनाका आधारमा भट्टराइलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ववरमहल काठमाण्डौबाट नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारवाहीको लागि महानगरीय अपराध महाशाखामा बुझाइएको आयोगले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।