
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सूचना प्रविधि समितिको सल्लाहकारमा मनोनयन भएकालाई मनोनयन पत्र प्रदान गरेका छन् ।
कार्य समिती सदस्य श्रीमति रत्न तारा तुलाधरको सभापतित्वमा चेम्बर अन्र्तगत गठित सूचना प्रविधि समितिको सल्लाहकारमा मनोनयन भएका विनोद ढकाल, दीपेश प्रधान तथा सदस्यहरुमा क्रमस प्रदीप लामिछाने, अकवर हुसेन, संजीव कुमार श्रेष्ठ, सन्तोष राजभण्डारी, मोना न्याच्छों, दीपेश हाडा, राजन कर्माचार्य, हेमन्त वराल नबिन जोशीलाई शुक्रबार चेम्बर अध्यक्षले मनोनयन पत्र प्रदान गरेका हुन् ।
उक्त अवसरमा चेम्बर अध्यक्ष मल्लले समितिमा सूचना प्रविधि क्षेत्रको विकासमा लामो अनुभव हासिल गर्नु भएकाहरुकोे प्रतिनिधित्व भएकोले चेम्बरको सूचना प्रविधिको क्षेत्रमा गरिने प्रयाशमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने बताए।
उनले यस क्षेत्रको प्रवद्र्धनका लागी सूचना प्रविधि क्षेत्रसँग आवध्द्ध सबै निकायहरु लाग्नुपर्ने बताए ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
