नेपाल बङ्गलादेश बैंकको १०० औं शाखा कञ्चनपुरको कलकत्तामा

0
Shares

नेपाल बङ्गलादेश बैंक (NBB) ले शाखा विस्तारको क्रममा कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका वडा नं ८ मा साउन २८ गतेदेखि आफ्नो १०० औं शाखा सञ्चालनमा ल्याएको छ ।

उक्त शाखा बेलौरी नगरपालिका प्रमुख पोतीलाल चौधरीको समुस्थितिमा औपचारिक रूपमा सञ्चालनमा ल्याएको जानकारी गराएको छ ।

बैंकले सो क्षेत्रका सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उद्देश्यले आफ्नो शाखा सञ्जालमा नयाँ शाखा विस्तार गरेको हो ।

साथै सो शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन् ।

कलकत्ता शाखा सहित बैंकले १०० शाखा, ८ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिँदै आएको छ ।

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।