नेपाल टेलिकमको आम्दानी बढेपनि साढे २३ प्रतिशतले घट्यो नाफा

0
Shares

नेपाल टेलिकमको नाफामा साढे २३ प्रतिशतको गिरावट आएको छ ।

गत आर्थिक वर्षमा कम्पनीले ७ अर्ब ४५ करोड ४० लाख रुपैयाँ खुद नाफा गरेको छ। यो अघिल्लो आर्थिक वर्षकोे तुलनामा २३.५४ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्ष टेलिकमले ९ अर्ब ७४ करोड ८९ लाख रुपैयाँ नाफा गरेको थियो।

कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार आम्दानी बढेपनि अन्तर्राष्ट्रिय रोमिङ र अन्तर–आबद्धता शुल्कमा आएको गिरावटले नाफामा असर गरेको हो ।

टेलीकमले गत आर्थिक वर्षको असार मसान्त सम्ममा कुल सेवाको बिक्री वापत ३५ अर्ब ९० करोड ३७ लाख रुपैयाँ आम्दानी गरेको छ ।

जुन अघिल्लो वर्षको तुलनामा ३.७० प्रतिशत बढी हो । अघिल्लो वर्ष कम्पनीले ३४ अर्ब ६१ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

नाफा घटेसँगै अघिल्लो वर्ष ६४ रुपैयाँ ९९ पैसा रहेको प्रतिशेयर आम्दानी ४९ रुपैयाँ ६९ पैसामा झरेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ६४४ रुपैयाँ ५ पैसा रहेको तथा मूल्य आम्दानी अनुपात २६.४४ गुणा छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।