प्राइम बैंकको वितरण योग्य नाफा ६५% ले बढ्दा लाभांश क्षमता कति ?

0
Shares

प्राइम बैंकले अघिल्लो वर्षको तुलनामा उल्लेखीय रुपमा खुद नाफा तथा वितरण योग्य नाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । कुल संचालन आम्दानीमा गिरावट आएपनि बैंकले ३ अर्ब २५ करोड बढी नाफा कमाएको छ ।

असार मसान्तसम्ममा बैंकले ३ अर्ब २५ करोड ४७ लाख रुपैयाँ खुद नाफा गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४४.५६ प्रतिशत बढी हो।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा बढ्न पुगेको हो। साथै बैंकले खराब कर्जा समेत केहि घटाएको छ । बैंकको खुद ब्याज आम्दानीसँगै फि तथा कमिशन आम्दानी पनि उल्लेखीय रुपमा बढाएको छ । बैंकको फि तथा कमिशन बापतको आम्दानी ५६.३२ प्रतिशतले बढेको छ।

बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ६६ करोड ३१ लाख रुपैयाँ रहेको छ। जुन अघिल्लो आर्थिक वर्षको भन्दा झण्डै ६५ प्रतिशत बढी हो। १६ अर्ब ८ करोड चुक्ता पूँजी रहेको बैंकको लाभांश क्षमता १६.६२ प्रतिशत छ ।

गत असारसम्म १ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ३५ अर्ब कर्जा लगानी गरेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७९.६ प्रतिशत छ । बैंकको प्रतिशेयर आम्दानी ४ रुपैयाँ १४ पैसाले बढेर २० रुपैयाँ २४ पैसा पुगेको छ।

बैंकको पूँजी कोष अनुपात १५.०१ प्रतिशत, कर्जा तथा निक्षेप र पूँजी अनुपात ७९.०६ प्रतिशत, आधार दर ७.२१ प्रतिशत, निष्क्रिय कर्जा अनुपात १.१९ प्रतिशत, व्याजदर अन्तर ४.०९ प्रतिशत, कोषको लागत दर ५.७४ प्रतिशत तथा प्रतिशेयर आम्दानी २० रुपैयाँ २४ पैसा, प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ७६ पैसा तथा मूल्य आम्दानी अनुपात २३.६७ गुणा रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।