पौने ३ लाख नगद सहित १० जुवाडे नियन्त्रणमा

पौने ३ लाख नगद सहित १० जुवाडे नियन्त्रणमा


नेपाल प्रहरीले २ लाख ७० हजार रुपैयाँ नगद सहित १० जना जुवाडेलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले तारकेश्वर नगरपालिका–८ शेषमती लामाबगरबाट ३० वर्षीया मुना बुढाथोकी लगायत १० जनालाई मंगलबार राति पक्राउ गरेको हो ।

बुढाथोकीको घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त भएपछि महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ७० हजार ४५० रुपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २ भदौ २०७८, बुधबार १५ : ३४ बजे