‘मेगा म्युचुअल फण्ड–१’ को १ अर्ब बराबरको १० करोड इकाई बिक्री खुला

0
Shares

मेगा क्यापिटल मार्केट्स लिमिटेडले भदौ ४ गतेदेखि मेगा म्युचुअल फण्ड–१ को इकाई विक्री खुला गरेको छ ।

क्यापिटलकै व्यवस्थापनमा सञ्चालन हुने यस फण्डको प्रतिइकाई १० रुपैयाँ अंकित दरका १ अर्ब बराबरको १० करोड इकाई विक्री गर्न लागेको हो ।

कुल इकाई मध्येबाट पनि १५ प्रतिशत वा एक करोड ५० लाख इकाई कोष प्रवर्द्धक मेगा बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई विक्री गर्न लागिएको हो ।

यस इकाई खरीदका लागि न्यूनतम १०० कित्तादेखि एक करोडसम्म माग गर्दै आवेदन दिन सकिने व्यवस्था छ ।

इकाई खरिदका लागि छिटोमा भदौ १० गतेसम्म तथा उक्त अवधिसम्म माग बमोजिम आवेदन नपरेको खण्डमा भने ढिलोमा भदौ १८ गतेसम्म आवेदन गर्न सकिनेछ।

१० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यो फण्डको इकाई खरीदका लागि लगानीकर्ताहरुले विक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्ससँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

साथै मेरो शेयर वेब र मेरो शेयर एपबाट पनि यस इकाई खरीदका लागि आवेदन दिन सकिने व्यवस्था छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।