राष्ट्रिय बीमा संस्थानले भदौ २६ गते डाक्यो तीन आवको साधारण सभा

0
Shares

राष्ट्रिय बीमा संस्थानले भदौ २६ गते एकैदिन तीन आर्थिक वर्षको साधारण सभा आह्वान गरेको छ ।

संस्थानले आफ्नै प्रधान कार्यालय, रामशाहपथ, काठमाडौंमा अपरान्ह्र २ बजे ३१ औं वार्षिक साधारण सभा बोलाएको हो । संस्थानको साउन २२ गते बसेको सम्पनन सञ्चालक समितिको बैठकले उक्त मितिमा सभा गर्ने निर्णय गरेको हो ।

सभामा आर्थिक वर्ष २०६६/६७, २०६७/६८ र २०६८/६९ को संस्थानको वार्षिक प्रतिवेदन प्रस्तुत हुनेछ ।

यसैगरी लेखा परीक्षकको नियुक्ती र निजको पारिश्रमिक अनुमोदन गर्ने, सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न शेयरधनीहरु र सञ्चालकको तर्फबाट १/१ जना प्रतिनिधि तोक्ने प्रस्ताव छ ।

साधारण सभा प्रयोजनका लागि संस्थानले भदौ ६ गतेदेखि २६ गतेसम्म बुकक्लोज मिति तोकेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।