धादिङ्गमा कार्यरत सव–इन्जिनियर विरुद्ध भ्रष्टाचारको आरोप–पत्र दायर

धादिङ्गमा कार्यरत सव–इन्जिनियर विरुद्ध भ्रष्टाचारको आरोप–पत्र दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धादिङ्गमा कार्यरत सव–इन्जिनियर विरुद्ध आज विशेष अदालतमा भ्रष्टाचारको आरोप–पत्र दायर गरेको छ ।

आयोगले सामाजिक निर्माण कार्यन्वयन इकाई, धादिङ्गमा कार्यरत सव–इन्जिनियर बिनोद सापकोटा विरुद्ध घुस लिई भ्रष्टाचार अभियोगमा आरोप पत्र दायर गरेको हो ।

सव–इजिनियर सापकोटाले खेलकुद मैदान निर्माण सम्पन्न गरी सो कार्यको लागि धरौटी राखेको रकम फिर्ता लिन जाँदा सेवाग्राहीसँग निर्माण सम्पन्न गरिदिए वापत २० हजार रुपैयाँ घुस रकम माग गरेका थिए ।

अनुसन्धानको क्रममा सापकोटाले घुस लिएको पुष्टि हुन आएपछि उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकोले उनलाई २० हजार रुपैयाँ भष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर आयोगले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: ८ भदौ २०७८, मंगलबार १६ : ५५ बजे