तेह्रथुम पावर कम्पनीको शेयर रजिष्ट्रारमा नेपाल बंगलादेश क्यापिटल नियुक्त


तेह्रथुम पावर कम्पनी लिमिटेडको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको निमित्त शेयर रजिष्ट्रारको रुपमा नेपाल बंगलादेश क्यापिटल लिमिटेड चयन भएको छ ।

नेपाल बंगलादेश क्यापिटल लिमिटेड तथा तेह्रथुम पावर कम्पनी लिमिटेड बीच २०७८ भदौ ३१ गते भएको सम्झौतामा तेह्रथुम पावर कम्पनी लिमिटेडको तर्फबाट प्रबन्ध सञ्चालक मोहन कुमार डांगी र नेपाल बंगलादेश क्यापिटल लिमिटेडको तर्फबाट नायव महाप्रबन्धक राम कुमार महतले हस्ताक्षर गरेका छन् ।

हाल तेह्रथुम पावर कम्पनी लिमिटेडको प्राथमिक शेयर निष्काशन कार्य सम्पन्न भई कम्पनीको चुक्ता पूँजी ४० करोड पूर्ण भैसकेको अवस्था छ । चुक्ता पूंजी ४० करोड मध्ये ७० प्रतिशत अर्थात २८ करोड रकम संस्थापकहरुबाट र बांकी ३० प्रतिशत अर्थात १२ करोड रकम सर्वसाधारणबाट चुक्ता भईसकेको छ ।

केही दिनमा नै कम्पनीको शेयर नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचिकरण र सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा अभौतिकिकरण गरी दोश्रो बजारमा कारोवार हुने व्यवस्था मिलाइने क्यापिटलले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।