कृषि विकास बैंकको नेपालगंजस्थित पिपरी शाखा सञ्चालनमा


कृषि विकास बैंकको बांकेको नेपालगञ्जस्थित पिपरी शाखाको औपचारिक सुरुवात भएको छ ।

एक कार्यक्रमका बिच बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार अनिल कुमार उपाध्यायले उक्त शाखाको औपचारिक सुरुवात गरेका हुन् ।

कार्यक्रममा वैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले कृषि क्षेत्रको विकास गर्ने उद्देश्यले स्थापना भएको बैंकले कृषिलाई नछोडने अरुलाई जोडने मुल नारा अनुसार अन्य क्षेत्रलाई समेटदै लगेको र कृषिलाई पहिलो प्राथमिकतामा राखिएको बताए ।

कृषकको हित र सहजताको लागी कृषि क्षेत्रलाई प्रविधि मैत्री वनाउन कृषि विकास वैंकले किसान क्रेडिट कार्ड संचालनमा ल्याएको बताउँदै उपाध्यायले यसको प्रयोगवाट कृषकलाई आवश्यक पर्ने मल, विउ र अन्य सामाग्री खरिद गर्न र नगद भुक्तानी दिन र लिन समेत सहज हुने बताए ।

उक्त कार्यक्रममा कृषि विकास बैंकका उपमहाप्रवन्धक प्रताव सुवेदीले कृषि वैंकवाट प्रवाह गर्ने सवै बैकिङ्ग सुविधाका बारेमा बारेमा जानकारी गराएका थिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।