बैंकहरुमा ४८ अर्ब निक्षेप थपिँदा कर्जा प्रबाह खर्ब माथि

0
Shares

चालु आर्थिक वर्षको भदौ महिनामा वाणिज्य बैंकहरुमा ४८ अर्ब रुपैयाँ कर्जा थपिएको छ । सो अवधिमा बैंकहरु निक्षेपको दोब्बर कर्जा लगानी गरेका हुन ।

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा २७ बैंकहरुबाट ७८ अर्ब रुपैयाँ निक्षेप घटेको थियो । साउन महिनामा उल्लेख्य रुपमा बैंकिङ प्रणालीबाट पैसा झिकिनुका साथै कर्जा विस्तार पनि सोही गतिमा भएपनि भदौ महिनामा बैंकहरुमा तरलता अभावको समस्या जटिल बन्दै गयो ।

कोरोनाका कारण ठप्प भएको आर्थिक गतिविधिले गति लिएसंगै बैंकहरुको कारोबार पनि बढ्न थालेको छ । बैंकमा कर्जाको माग तथा साउन महिनाको तुलनामा निक्षेप पनि थपिन थालेको छ । साउनमा महिनामा झिकिएको निक्षेप भदौ महिनामा पनि फिर्ता भएको छैन । गत असार अन्तिमको तुलनामा बैंकहरुको निक्षेप अझै पनि सकारात्मक हुन भने सकेको छैन ।

भदौ महिनामा अन्तिम सातामा मात्र बैंकहरुको निक्षेप संकलन २६ अर्ब रुपैयाँले बढेको छ । भदौ पहिलो साता ७ अर्बले घटेको निक्षेप संकलन दोस्रो साता ८ अर्ब रुपैयाँले बढेको थियो । तेस्रो साता ४ अर्ब बढेको थियो भने चौथो साता १६ अर्ब रुपैयाँले बढेको थियो । अन्तिम साता भने २६ अर्ब रुपैयाँले बढेको हो । भदौ अन्तिम सातामात्रै बैंकहरुले २८ अर्ब कर्जा लगानी गरेका छन्। अघिल्लो साता कर्जा लगानी २५ अर्ब रुपैयाँले बढेको थियो ।

भदौ महिनामा बैंकहरुमा ४८ अर्ब निक्षेप थपिदा १०८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो महिना भदौससम्ममा ४१ खर्ब ७१ अर्ब निक्षेप संकलन गरी ३८ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।