रुकुम पूर्वमा कृषि विकास बैंकको नयाँ शाखा सञ्चालनमा


कृषि विकास बैंकले लुम्विनी प्रदेशको पुर्वि रुकुम शाखा औपचारीक रुपमा सञ्चालनमा ल्याएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले उक्त शाखाको उद्घाटन गरेका हुन् ।

लुम्बिनी प्रदेशको यो क्षेत्र कृषिको लागी प्रचुर संभावना वोकेको क्षेत्र भएकोले सहुलियत पुर्ण कर्जाको उपयोग गरि व्यवासायीक कृषि तिर लाग्न सर्वसाधारणलाई बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले आग्रह गरे । यस क्षेत्रका जनताको जीवनस्तर उकास्न र आय स्तर वृद्धि गर्न जस्तो सुकै परिस्थितिमा पनि कृषि विकास वैंकले घर आगनको वैंकको रुपमा सहकार्य गर्न तयार रहेको बताएका थिए ।

त्यसै गरी यस वैंकका उपमहाप्रवन्धक प्रताव सुवेदीले जतिसक्दो उत्पादन मुलक व्यवसायमा जोडीने कृषकलाई सहुलियत पुर्ण कर्जा उपलब्ध गराउने र कृषकलाई आधुनिक प्रविधिसंग आवद्ध गराउँदै लैजाने बताएका थिए । बैंकको उपस्थितीले आफुकरुलाई सजिलो भएको भन्दै स्थानीयले खुसी व्यक्त गरेका थिए ।

कृषि विकास वैंक प्रदेश कार्यालय नेपालगंजका निर्देशक गिरीराज रेग्मीले वैंकले उपलब्ध गराउने सेवाको वारे जानकारी गराएका थिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।