दशैंमा कुमारी बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई छुट


नगदरहित कारोबारलाई प्रोत्साहन तथा प्रबर्धन गर्न कुमारी बैंक लिमिटेडले आफ्ना डेबिट र क्रेडिट कार्डवाहकहरुलाई विशेष छुट दिने उद्देश्यले दराजसँग छुट सम्बन्धि सम्झौता गरेको छ ।

सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरुले डेबिट र क्रेडिट कार्डबाट दराज अनलाईनमा असोज १० गतेदेखि असोज १८ गतेसम्म सामान खरिद गर्दा अग्रीम छुट पाउने छन् ।

सम्झौता अनुरूप डेबिट कार्डको प्रयोग गरि सामान खरिद गर्दा २० प्रतिशत वा २ हजार रुपैंयासम्म छुट पाउने छन् भने क्रेडिट कार्ड प्रयोग गरि सामान खरिद गर्दा २० प्रतिशत वा २ हजार ५०० रुपैंयासम्मको छुट पाउनेछन् ।

सहमति पश्चात् कुमारी बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुले दराज अनलाईन शपिङ्ग मार्फत आफूलाई चाहिने दैनिक उपभोग्य तथा वस्तुहरु झन्झटबिना आफ्नै घरदैलोमा प्राप्त गर्न सक्नेछन ।

यस अनिश्चितताका बीच बैंकले आफ्ना ग्राहकहरुलाई सरसामान खरिद लगायत अन्य गतिविधिहरुका लागी डिजिटल बैंकिंग प्रणालीको सकभर प्रयोग गर्न उत्प्रेरित गरिरहेको जनाएको छ ।

कुमारी बैंकले १९६ शाखा सञ्जाल, १७३ एटिएम, ३२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।