कृषि विकास बैंकको रतुवामाई सोमबारे मोरङ शाखाले आफ्नै भवनबाट सुरु गर्यो सेवा


कृषि विकास बैंकको शाखा कार्यालय रतुवामाई सोमबारे मोरङले आफ्नै भवनबाट सेवा सुरु गरेको छ । मोरङको रतुवामाई नगरपालिका वडा नम्बर १० नयाँ वजार स्थित आफ्नै स्वामित्वको नवनिर्मित भवनवाट सेवा सुरु गरिएको बैंकले जनाएको छ ।

बैंक संचालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले एक कार्यक्रमका बिच नयाँ भवनबाट औपचारिक रुपमा सेवा सुरु गरेका छन् ।

बैंकका अध्यक्ष निरौलाले कृषि क्षेत्रको विकासमा निजी क्षेत्रसँग सहकार्य गरेर अगाडी बढन तयार रहेको तथा बैंकवाट सुनदेखि नुन सम्म, हलो देखि हाईड्रो सम्म लगानी भईरहेको बताएका थिए ।

हाल वित्तिय वजारमा उपलब्ध सम्पुर्ण अत्याधुनिक बैंकिङ्ग सुविधाहरुको उपलब्धता बैकसँग रहेकोले सेवा लिन आग्रह गर्दै कर्मचारीहरुलाई सेवाग्राहीहरुले चासो लिएका विषय तथा निजलाई उपलव्ध गराउनु पर्ने सेवा सम्बन्धमा समयमा नै छिटो निर्णय दिई सेवा चुस्त बनाउन निर्देशन दिएका थिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले कृषि विकास बैंकको अरुलाई जोडने कृषि लाई नछोडने नीति अनुरुपै विगतदेखि वर्तमानसम्म आईपुग्दा अत्याधुनिक सेवाहरु प्रदान गर्दै हाल प्रचलनमा रहेका बैंकिङ्ग क्षेत्रका सम्पुर्ण प्रोडक्टहरु, उपलब्ध गराउदै आएकोले सेवा गर्ने मौका दिन आग्रह गरेका थिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।