एनआईसी एशिया क्यापिटलको महा-शेयर लगानी महोत्सव योजना


चाडपर्व तथा शेयर बजारमा आउने लगानीको अवसरलाई लक्षित गर्दै एनआईसी एशिया क्यापिटलले महा-शेयर लगानी महोत्सव योजना सुरु गरेको छ ।

योजना अन्तरगत धितोपत्र तथा मुद्रा बजारमा उपलब्ध हुने उपकरणहरुलाई एक मुष्ट लगानी गर्ने गरी योजना सार्वजनिक गरेको क्यापिटलले जनाएको छ । उक्त योजना अन्तर्गत लगानी व्यवस्थापन सेवा लिने ग्राहकहरुले उत्कृष्ट सेवाहरु निःशुल्क पाउने छन् ।

महा–शेयर लगानी महोत्सव योजना अन्तर्गत सेवाग्राहीहरुले पहिलो वर्ष निःशुल्क लगानी व्यवस्थापन सेवा पाउने छन् भने वार्षिक तथा अर्ध वार्षिक रुपमा मुनाफा निःशुल्क निकाल्न सकिनेछ । दोश्रो वर्ष देखि एक्जिट शुल्क नलाग्ने र एउटै परिवारका तीन जना सदस्यसम्मका लागि पहिलो वर्ष निःशुल्क डिम्याट खाता र मेरो शेयर खाता दिने क्यापिटलले जनाएको छ ।

लगानी व्यवस्थापन सेवाग्राहीहरुलाई निःशुल्क आईपिओ आवेदन गरिदिन, ३ लाख देखि ५ लाख रुपैंयासम्मको सम्मको दुर्घटना बीमा उपलब्ध गराउने क्यापिटलको भनाई छ । साथै योजना अन्तर्गत लगानी व्यवस्थापन सेवा, म्युचुअल फण्ड र इनकम ग्यारेण्टेड फण्डलाई एक मुष्ट गरेर समेत सेवा प्राप्त गर्न सकिनेछ । एन आई सी एशिया क्यापिटलले बजारमा आउने उतार चडावलाई मध्यनजर गर्दै लगानीमा हुने जोखिम न्यूनिकरण गर्नका लागि सिष्टमेटिक इन्भेष्टमेण्ट प्लान सेवा पनि प्रदान गर्नेछ ।

साथै, महा–शेयर लगानी महोत्सव योजनामा सहभागी हुने सेवाग्राहरुहरुलाई शेयर बजार सम्बन्धी राम्रो ज्ञान, दक्ष तथा अनुभवी कर्मचारीहरुको समूहबाट सुक्ष्म रुपमा बजारको अध्ययन गरी लगानी गर्ने सम्बन्धी निर्णय गरिने भएकाले बजारमा आउने उतार चढावबाट सेवाग्राहीहरुले उचित लाभ लिन सक्ने क्यापिटलले जनाएको छ ।

महा–शेयर लगानी महत्सव योजनामा सहभागी हुनको लागि एन आई सी एशिया क्यापिटलको वेभसाइट एनआईसी एशिया क्यापिटल डटकममा जान सकिनेछ । कात्तिक मसान्तसम्म मात्र यो योजनामा सहभागि हुन सकिने क्यापिटलले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।