दशैं विदामा पनि आरटिजीएस सेवा सुचारु हुने


नेपाल राष्ट्र बैंकले दशैंको विदाका बेलामा पनि आरटिजीएस सेवा सुचारु गराउने भएको छ ।

सरकारी ऋणपत्रहरुको व्याज भुक्तानीका लागि राष्ट्र बैंकले असोज २६, २८ र ३० गते गरी ३ दिन आरटिजीएस सेवा सुचारु गराउने भएको हो । राष्ट्र बैंकका अनुसार उल्लेखित दिनहरुमा बिहान १० बजेदेखि १२ बजेसम्म आरटिजीएस सेवा सञ्चालन हुनेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।