सिभिल लघुवित्तका ८ नयाँ शाखा सञ्चालनमा


सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले थप ८ वटा शाखा कार्यालयहरु विस्तार गरेको छ । संस्थाले महोत्तरीको परिकौली, बाँकेको कौशिलानगर, बर्दियाको खैरापुर, शाहीपुर र राजापुर, कैलालीको चुहा र लालपुर तथा कञ्चनपुर जिल्लाको कृष्णपुरमा नयाँ शाखा कार्यालयहरु विस्तार गरेको हो ।

काठमाडौंमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले नयाँ खुलेको शाखाहरु सहित ७४ शाखा कार्यालयहरु मार्फत ३५ जिल्लामा लघुवित्तीय सेवा प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।