विद्यार्थीहरुलाई एन आई सी एशिया क्यापिटलले १ घण्टामा निःशुल्क डिम्याट र मेरो शेयर खोलिदिने


एन आई सी एशिया क्यापिटलले विद्यार्थीहरुलाई सहज र निःशुल्क रुपमा अनलाईन मार्फत डिम्याट तथा मेरो शेयर खाता उपलब्ध गराउने भएको छ । “एन आई सी एशिया विद्यार्थी डिम्याट खाता योजना” संचालन गर्दै क्यापिटलले विद्यार्थी लक्षित योजना अघि सारेको हो ।

योजना अन्तर्गत एन आई सी एशियामा अनलाईन मार्फत डिम्याट तथा मेरो शेयर खाता खोल्ने विद्यार्थीहरुले २०७८ साल माघ मसान्तसम्म विभिन्न किसिमका छुटहरु पाउने छन् । जस अनुसार डिम्याट खाता निशुल्क हुनेछ भने एक वर्षसम्म मेरो शेयर सुविधा पनि निशुल्क उपलब्ध हुनेछ । पहिलो वर्षको डिम्याट खाता नविकरण शुल्क छुट हुनुका साथै समग्र शेयर बजारको अवस्थाको विश्लेषण गरिएको एन आई सी एशिया क्यापिटलको न्यूजलेटर पनि उपलब्ध गराउने क्यापिटलले जनाएको छ ।

यो योजना अन्तर्गत डिम्याट तथा मेरो शेयर खाता खोल्नको लागि एन आई सी एशिया क्यापिटलको वेभसाइट डब्लूडब्लूडब्लू एनआईसी एशिया क्यापिटल डटकममा जानु पर्ने क्यापिटलले जनाएको छ । अनलाइनबाट विवरण भरेको १ घण्टामा डिम्याट खाता नम्बर उपलब्ध गराइने क्यापिटलले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।