महालक्ष्मी विकास बैंकको खुद नाफा ४४% ले बढ्यो, प्रतिशेयर आम्दानी साढे २७ रुपैयाँ


महालक्ष्मी विकास बैंक (MLBL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २३ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १५ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकको खुद नाफा ४४.२८ प्रतिशतले बढेको हो ।

निक्षेप संकलन ३.०४ प्रतिशतले बढाएको बैंकको कर्जा लगानी ५.८४ प्रतिशतले बढेको छ भने इम्पेरमेन्ट चार्ज घट्दा बैंकको खुद नाफा फराकिलो अन्तरले बढेको हो ।

खुद नाफामा फराकिलो अंकको सुधार गरेसँगै बैंकको वितरणयोग्य मुनाफा १२ करोड ६२ लाख रुपैंया पुगेको छ ।

खुद ब्याज आम्दानी ८.९२ प्रतिशतले वृद्धि गरेको बैंकको खुद शुल्क तथा कमीशन आम्दानी ५८.५५ प्रतिशतले बढेको छ । सञ्चालन मुनाफा ५१.४७ प्रतिशतले वृद्धि गरेको बैंकको प्रतिशेयर आम्दानी २७ रुपैयाँ ५९ पैसा कायम भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको प्रतिशेयर आम्दानी २० रुपैयाँ ८ पैसा थियो । बैंकको मूल्य आम्दानी अनुपात २१.१३ गूणाले बढी छ ।

प्रतिशेयर नेटवर्थ १७१ रुपैंया रहेको बैंकको जगेडा कोषमा १ अर्ब ७० करोड रुपैयाँ सञ्चित छ भने चुक्ता पूँजी ३ अर्ब ३४ करोड रुपैयाँ छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।