नेपाल बैंकर्स संघको अध्यक्षमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्याय निर्विरोध


नेपाल बैंकर्स संघको अध्यक्षमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कु्मार उपाध्याय निर्विरोध निर्वाचित हुने भएका छन् ।

कात्तिक २३ गते हुने संघको साधारण सभामा राखिएकाृ निर्वाचन कार्यतालिका अनुसार बुधबार दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको कार्यतालिका रहेकोमा अध्यक्षमा उपाध्यायको मात्र उम्मेदवारी परेको हो ।

संघका अध्यक्ष भुवन दाहालको दुई वर्षे कार्यकाल सकिए पछि आगामी साधारण सभाले नयाँ नेतृत्व चयन गर्न लागेको थियो । संघको अध्यक्ष पदमा उपाध्यायको मात्र उम्मेदवारी परेकाले साधारण सभाका दिन उपाध्यायलाई संघको नयाँ अध्यक्ष घोषणा गरिने संघको सचिवालयले जनाएको छ ।

हाल उनी संघको उपाध्यक्ष हुन् । उपाध्यायले अब संघमा २ वर्षे कार्यकाल पूरा गर्ने छन् ।

संघको सचिवालयका अनुसार संघको उपाध्यक्ष पदमा भने ३ जनाले उम्मेदवारी दिएका छन् । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले उपाध्यक्ष पदमा उम्मेदवारी दिएको संघको सचिवालयले जनाएको छ ।

त्यसैगरी संघको कार्यसमिति सदस्यमा एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपाने र लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय बिक्रम शाहको उम्मेदवारी परेको छ । अरु उम्मेदवारी नपरेका कारण दुवै जना सर्वसम्मत भएको संघको सचिवालयले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।