लुम्बिनी विकास बैंकको लाभांशमा संशोधन


लुम्बिनी विकास बैंकले प्रस्ताव गरेको लाभांशमा संशोधन गरेको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन पछि बैंकले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई वितरण गर्न प्रस्ताव गरेको लाभांशमा संशोधन गरेको हो ।

संशोधन अनुसार बैंकले अब १३ प्रतिशत बोनस शेयर र ०.६८ प्रतिशत नगद लाभांश गरी १३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस अघि बैंकले १० प्रतिशत बोनस शेयर र ३.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।